default_image

6 years ago

July 21, 2019

केनको उत्कृष्ट गोलमा युभेन्टस पराजित

99 views

0 Bookmark

सुबास हुमागाईं, सिंगापुर

फरवार्ड ह्यारी केनले मैदानको मध्यभागबाट सिधै गोल गरेपछि टोटेनहम हट्सपरले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा युभेन्टसलाई पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत खेलमा इंग्लिस टोली ३-२ ले विजयी भयो ।

खेलको पहिलो हाफमा टोटेनहमले १-० को अग्रता लिएको थियो । एरिक लामेलाले ३१ औं मिनेटमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाए । ट्रोय प्यारोटले प्रहार गरेको सट जियानलुइजी बुफोनले बचाएपछि आएको रिबाउन्डमा लामेलाले गोल गरेका थिए ।

दोस्रो हाफमा युभेन्ट्सले आक्रामक सुरुवात गर्यो । ५६ औं मिनेटमा गोन्जालो हिगुआईनले मिरालेम प्यानिचको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याए । त्यसको ४ मिनेटपछि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । उक्त अग्रता लामो समय भने टिकेन । वैकल्पिक खेलाडी टान्गुइ एनडोम्बेलेले दिएको पासलाई लुकास मौराले पोस्टको दिशा दिंदै खेल बराबरीमा ल्याए ।

खेल बराबरीतर्फ उन्मुख भइरहेको अवस्थामा टोलीको कप्तानी समेत गरिरहेका केनले अविश्वसनीय प्रहार गरे । उनले मैदानको मध्यभागबाट गरेको प्रहार गोलरक्षक वोजचिएक सेचेज्नीको टाउको माथि हुँदै गोलमा परिणत भयो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.