6 years ago
July 22, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको विजेता लिभरपुल प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार राती स्पेनिस क्लब सेभिल्लासँग २-१ ले पराजित भएको छ ।

सेभिल्लाले खेलको ३७ औं मिनेटमा नोलिटोको गोलमा अग्रता लिएको थियो । उनले डिफ्लेक्ट भएर आएको बललाई उत्कृष्ट प्रहार गर्दै गोलमा परिणत गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले बराबरी गोल फर्काएको थियो । डिभोक ओरिगीले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । एलेक्जेन्डर आर्नोल्डको क्रस डिफेन्डरले क्लियर गर्न नसक्दा ओरिगिले गोल गरेका थिए ।
दोस्रो हाफको ७६ औं मिनेटमा सेभिल्ला १० खेलाडीमा सिमित भएको थियो । लिभरपुलका लारोचीलाई सेभिल्लाका नाग्ननले फल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । उक्त फलका कारण घाइते भएका लारोचीलाई स्ट्रेचरमा बाहिर लग्नुपरेको थियो ।
खेलको अन्तिम मिनेटमा सेभिल्लाले पोजोको गोलमा अग्रता लियो । उनले गोलरक्षक सिमोन मिग्नोलेट समेतलाई छलाउँदै सहजै गोल गरेका थिए । थप समयमा गोल हुन नसक्दा लिभरपुल खेलमा पराजित हुन पुग्यो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]