6 years ago
July 22, 2019
एजेन्सी – वेल्स तथा स्पेनिस महारथी रियाल म्याड्रिडका फरवार्ड ग्यारेथ बेललाई चिनियाँ क्लबहरुले अनुबन्ध गर्ने चासो देखाएको छन् ।

म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आइतबार बेलले केही दिनमै म्याड्रिड छाड्ने बताएपछि उनलाई अनुबन्ध गर्न चिनियाँ सुपर लिग क्लबले चासो देखाएको हो ।
जिदानको भनाई सार्वजनिक भएसँगै चिनिया क्लब सांघाइ सिन्हा, जियाङ्सु सुनिङ र बेइजिङ गुवानले अुनबन्ध गर्ने चासो देखाएका छन् । स्रोतका अनुसार बेल चीन कीर्तिमानी मुल्यमा प्रस्थान गर्नेछ । बेलको हप्ताको पारिश्रमिक ३ लाख ५० हजार पाउन्ड हुन सक्नेछ ।
रियलमा बेलको सम्झौता २०२२ सम्म रहेपनि म्यानेजर जिदान बेललाई क्लबमा राख्ने पक्षमा छैनन् । प्रि सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा आइतबार बायर्नविरुद्ध पनि जिदानले बेललाई बेन्चमै पनि नराख्ने निर्णय लिएका थिए । जिदानले बायर्न विरुद्ध २२ खेलाडी प्रयोग गरेका थिए ।

६ वर्षअघि इंग्लिस क्लब टोटेनहमबाट कीर्तिमानी ८६ मिलियन पाउन्डमा रियालमा आएका बेलले गतवर्षदेखि सोचअनुरुपको प्रदर्शन गर्न सकेको छैनन् । त्यसैले पनि रियालले ४ पटक च्याम्पियन्स लिग जिताएका उनलाई क्लबमा राख्ने मनासय बनाएको छैन ।
बेल र जिदानको सम्वन्ध गत सिजनदेखि नै राम्रो हुन सकेको छैन । बेललाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र पुर्व क्लब टोटेनहमले पनि चासो देखाएको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]