6 years ago
July 24, 2019
एजेन्सी – सुपर स्टार लियोनल मेस्सीविना उत्रेको बार्सिलोना प्रि सिजनको मैत्रीपूर्ण खेलमा चेल्सीसँग पराजित भएको छ । जापानमा मंगलबार राती भएको खेलमा चेल्सीले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो ।

चेल्सीको जितमा टामी अब्राहम र रोस बाक्र्लीले तथा बार्सिलोनाका लागि इभान राकिटिकले गोल गरे । ३४ औं मिनेटमा अब्राहमको गोलमा चेल्सीले अग्रता बनाएको थियो ।
रोसले खेल सकिन ९ मिनेट बाँकी रहँदा गोल थपेपछि चेल्सीको अग्रता दोब्बर बन्यो । इन्जुरी समयको पहिलो मिनेटमा राकिटिकले गोल गरेपनि टोलीको हार टरेन ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]