6 years ago
July 24, 2019
एजेन्सी – गेराथ बेललाई मौका दिइएको खेलमा रियल म्याड्रिड विजयी भएको छ । इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत स्पेनिस टोली रियलले प्रिमियर लिग टोली आर्सनललाई टाइब्रेकरमा ३–२ ले हराएको छ ।

बार्यन म्युनिखविरुद्धको खेलमा मौका नपाएका बेल आर्सनलविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । निर्धारित समयमा २–२ को बराबरीमा टुंगिएपछि पेनाल्टीमा रियलले बाजी मारेका हो । २–० ले पछि परेको खेलबाट रियल खेलमा फर्केको थियो । रियलका लागि बेल मार्को एसेन्सियोले गोल फर्काउकका थिए ।
खेलको सुरुवातमै रियल १० खेलाडीमा सिमित भएको थियो । नाचो फर्नान्डेजले ९ मिनेटमा दोहोरो पहेलो कार्डको दर्शन गरेपनि रियल १० खेलाडीमा सिमित भएको थियो । त्यसको एक मिनेट पछि नै आर्सनलल खेलमा अग्रता लिएको थियो । खेल ४० औं मिनेटमा पुग्दा सोक्रेट्सले दोहोरो पहेलो कार्ड खादै मैदान छाडेपछि आर्सनल पनि १० खेलाडीमा सिमित भएको थियो ।

त्यसअघि एलेक्सजेन्डर लाकाजेट्सले टोलीका लागि पहिलो गोल गरेका थिए । २४ औं मिनेटमा पेरिक एम्रिक आबुमियाङले गोल गर्दै आर्सनलले अग्रतालाई दोब्बर पारेको थियो । दोस्रो हाफमा मौका पाएका बेलले ५७ औं मिनेटमा गोल गरेपछि रियलले खेलमा फर्कने संकेत गरेको थियो । एसेन्सियोले ५९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]