6 years ago
July 25, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ दौरान रेफ्रीको निर्णयमा अपात्ति जनाउँदै आक्रोशित रुपमा अव्यावहारिक अभिव्यक्ति दिएको भन्दै दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबलले अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा चिलीका ग्यारी मेडेलसँग ठेलठाल मात्र भएको अवस्थामा रेफ्रीले रातो कार्ड दिएपछि मेस्सीले रेफ्रीको विरुद्ध बोलेका थिए । उनलाई यसैकारण कन्मेबलले एक खेल प्रतिबन्ध र १५ सय अमेरिकी डलर जरीवाना गराएको छ । यस प्रतिबन्धसँगै मेस्सीले अर्जेन्टिनाले २०२० को मार्च महिनामा खेल्ने फिफा विश्वकप २०२२ को छनोट चरणको पहिलो खेल गुमाउने छन् ।
मेस्सीले सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि पनि रेफ्रीको आलोचना गरेका थिए । तेस्रो स्थानको खेलमा रातो कार्ड पाएपछि मेस्सीले आक्रोशित हुँदै रेफ्रीहरुले ब्राजिलको समर्थन गरेको आरोप लगाएका थिए । त्यसयता छुट्टिमा रहेका मेस्सीले बार्सिलोनाबाट विश्राम लिएका छन् । उनले यसै महिनाको अन्त्यमा क्लब जाने बुझिएको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]