6 years ago
July 25, 2019
एजेन्सी – इटालियन क्लब युभेन्टसमा सिमित मौका पाइरहेका स्टार फरवार्ड पाउलो डिबालालाई इंगलिस क्लब टोटेनहम हट्स्परले अनुबन्धन गर्ने प्रयास गरेको छ ।

पछिल्लो दुई सिजन कुनै खेलाडी नभित्र्याएको स्पर्सले यस सिजन भने ट्रान्सफर बजारमा आक्रामक सुरुवात गरिसकेको छ । फ्रान्सेली मिडफिल्डर तान्गुई एनडोम्बेलेलाई क्लबको इतिहासमा नै सर्वाधिक ५५ मिलियन पाउण्ड खर्चेको स्पर्सले अब आफ्नो ध्यान डिबालातर्फ मोडेको छ । यसअघि क्लबले अर्जेन्टिनी मिडफिल्डर जिओभानी लो सेल्सोलाई भित्र्याउन खोजेपनि क्रिस्टियन एरिक्सनले क्लब नछाड्ने भएपछि क्लब पछाडी हटेको हो ।
डिबालाले युभेन्ट्समा क्रिस्टियानो रोनाल्डो आएपछि पहिलो रोजाइमा बिरलै अवसर पाएका छन् । नवनियुक्त प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डो र हिगुआइनलाई आफ्नो रोजाइमा राखेपछि उनले झनै खेल्ने समय नपाउने भएका हुन् । स्पर्सले डिबालाका लागि ८० मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरिरहेको बुझिएको छ ।
पछिल्लो सिजन च्याम्पियन्स लिगको फाइनलमा पराजित स्पर्सले यस सिजन खेलाडी अनुबन्धनमा निकै आक्रामक रुपमा लागेको छ । क्लबले अझै केहि खेलाडी भित्र्याउने सम्भावना रहेको छ । प्रिमियर लिगको शीर्ष ४ मा लगातार पर्न सफल स्पर्सका प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब नछाड्ने बताएसँगै स्टार खेलाडीहरु पनि क्लब नछाड्ने पक्षमा रहेका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]