default_image

6 years ago

July 25, 2019

टोटेनह्याममाथि युनाइटेडको जित

135 views

0 Bookmark

एजेन्सी – प्रि सिजन भ्रमणमा प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले लगातार सफलता हासिल गरेको छ । इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत बिहीबार भएको खेलमा युनाइटेड प्रिमियर लिग प्रतिद्वन्द्वि टोनेनह्यामलाई २–१ ले हराएको छ ।

चीनमा युनाइटेडेको यो लगातार दोस्रो जित हो । युनाइटेड अस्ट्रेलियामा दुई मैत्रपूर्ण खेल जित्दै चीन पुगेको थियो । बिहीबार यनाइटेडलाई जित दिलाउन एन्टोनी मार्सियल र एन्जल गोमेजले गोल गरे । टोटेनहमका लुकास मौराले गोल फर्काए ।

खेल सकिन १० मिनेट बाँकी रहँदा गोमोजले गरेको गोलमा युनाइटेड विजयी भएको थियो ।
मार्सियलले २१ औं मिनेटमा गोल गर्दै युनाइटेडले अग्रता लिएको थियो । ६५ औं मिनेटमा मौराले गोल गर्दै खेललाई बराबरीमा लगेका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.