6 years ago
July 26, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनलले स्पेनिस महारथी रियल म्याड्रिडका स्पेनिस मिडफिल्डर ड्यानी सेबालोसलाई क्लबमा अनुबन्ध गरेको छ ।

गत सिजन रियलका लागि २३ खेल खेल्दै ३ गोल गरेका मिडफिल्डरले त्यस समयमा ९२.६ प्रतिशत सफल पास खेलेका थिए । मिडफिल्डर आरोन राम्सी युभेन्टस गएपछि आर्सनल सेन्टर मिडफिल्डरको खोजीमा थियो । सेबालोसले अब राम्सीले छाडेर गएका ८ नम्बर जर्सी लगाउने छन् । आर्सनलले उनलाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो ।
सेबलोसलाई आर्सनलसँगै स्पर्सले पनि अनुबन्ध गर्न खोजेको बुझिएको थियो । तर अन्तिम समयमा स्पर्सले इच्छा व्यक्त नगरेपछि प्रतिस्पर्धा हटेको थियो । २२ वर्षीय मिडफिल्डरले सन् २०१७ मा रियलसँग ६ वर्षको अनुबन्धन गरेका थिए । रियलले उनलाई बेच्ने भन्दापनि लोनमा दिने इच्छा जाहेर गरेपछि आर्सनलले अगाडी बढेको हो । जिदानको रोजाइमा नपरेपनि रियलले उनलाई बेच्ने नै निर्णय लिन सकेको छैन ।
आर्सनलले बिहीबार नै डिफेन्डर विलियम सालिबालाई पनि क्लबमा भित्र्याएको छ । तर उनले यस सिजन भने लोनमा सेन्ट एटिएनबाट नै खेल्नेछन् । आर्सनल लामो समयदेखि विल्फ्रिड जाहालाई पछ्याइरहेको बुझिएको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]