6 years ago
July 26, 2019
एजेन्सी – युभेन्ट्सले नयाँ सिजनका लागि अवे किट्स सार्वजनिक गरेको छ । टोलीका सुपर स्टार क्रिस्टियानो रोनाल्डोसहित टोलीको अन्य खेलाडीले सांघाईमा समर्थकहरुका माझ जर्सी सार्वजनिक गरेका हुन् ।

इटालियन च्याम्पियन अहिले प्रि सिजन टुरको सिलसिलामा एसिया भ्रमणमा छन् । एडिडासले तयार पारेको जर्सी स्टार खेलाडीहरुले बिहीबार दिउँसो सार्वजनिक गरेका हुन् ।
रोनाल्डो र टोलीका अन्य खेलाडीले चीनिया भाषामा लेखिएको आफ्नो नाम रहेको जर्सी प्रदर्शन गरेका थिए । नयाँ डिजाइका बारेमा युभेन्ट्सले जानकारी समेत गराएको छ ।
पुरुष महिला दुवै टोलीका खेलाडीले जर्सी सार्वजनिक गरका थिए । जसमध्ये पाउल डेबाला पनि थिए । अर्जेन्टिनी फरवार्ड नयाँ सिजनमा युभेन्ट्स छाड्ने तयारीमा रहेका छन् ।

२५ वर्षे स्ट्राइकरलाई भित्राउन प्रिमियर लिग टोली टोटेनह्याम, म्यानचेस्टर युनाइटेड र फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले चासो देखाइरहेको बताइएको छ । टोटेनह्याम र उनीबीच प्रारम्भिक सम्झौता एक महिना अघि नै भएको अनुमान गरिएको छ ।
रोनाल्डो रियल म्याड्रिडबाट गत सिजन युभेन्ट्समा पुगेयता डेबाला छायाँमा परेका छन् । उनले गत सिजन १० गोल मात्र गरेका थिए ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]