6 years ago
July 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा शुक्रबार नेक्सस स्कुल र बुद्ध एकेडेमी विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेक्ससले पिस प्वाइन्ट बोर्डिङ स्कुलाई ३–० ले हराएको थियो । अर्को खेलमा बुद्ध एकेडेमीले इकेदा इन्टरनेसनल स्कुललाई ८–० को भारी अन्तरले हराएको थियो ।
पछिल्लो २ वर्षयता रोकिएको राष्ट्रिय स्तरको अन्तर विद्यालय फुटबल प्रतियोगिता यसवर्ष सुचारु भएको हो । चौधरी ग्रुपको उत्पादन क्विक्सको मुख्य प्रायोजन तथा युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरका ५२ जिल्लामा प्रतियोगिता सुरु भएको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]