default_image

6 years ago

July 28, 2019

बार्सिलोनाका स्वारेज अभ्यासमा फर्किए

146 views

0 Bookmark

एजेन्सी – लुइस स्वारेज बार्सिलोनाको प्रि सिजन क्याम्पमा फर्केका छन् । उरुग्वेबाट कोपा अमेरिकामा सहभागी भएका ३२ वर्षे स्वारेजलाई आरामका लागि केहि बढी समय दिइएको थियो । उनी तोकिएको भन्दा ६ दिन अघि नै अभ्यासमा सामेल भएका छन् ।

उनले फिटनेसका लागि निकै मेहनत गरेको देखिएको थियो । स्वारेजलाई फिटनेस प्रशिक्षकले अभ्यास गराएका थिए । एट्लेटिको म्याड्रिडबाट एन्टोइन ग्रिजमन बार्सिलोना आएकले अब स्वारेजले पनि आफ्नो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने सम्भावना रहन्छ । त्यसका लागि पनि स्वारेजले आफुलाई तयार पार्ने प्रयास गर्नेछन् ।

बार्सिलोना टोली यति बेला प्रि सिजन भ्रमणमा जापानमा रहेको छ । प्रिमियर टोली चेल्सीसँग पराजित बार्सिलोनाले शनिबार भिसेल कोबेसँ प्रतिस्पर्धा गर्नेछ । टोली स्पेन फर्केपछि स्वारेज पनि नियमित अभ्यासमा गर्ने अपेक्षा गरिएको छ । अर्को आइतबार आर्सनलविरुद्ध हुने खेलमा स्वारेज खेल्ने सम्भावना रहेको बताइएको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.