default_image

6 years ago

July 29, 2019

रोनाल्डो र मेस्सीमा को उत्कृष्ट ?

135 views

0 Bookmark

एजेन्सी – इन्टर मिलानका पूर्व महान खेलाडी अल्भारो रेकोबाले वर्तमान फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीमध्ये उत्कृष्ट भन्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । दुवै खेलाडी एक अर्काे टोलीबाट खेल्दा कुन खेलाडीको खेल हेर्ने भन्नेमा पनि उनले आफ्नो धारणा प्रष्ट बताएका छन् ।

उरुग्वेका महान रेकोबाले दुई मध्ये को उत्कृष्ट भन्नका लागि धेरै समय लगाएनन् । एक अन्र्तवार्ताका क्रममा उनले भने, ‘मेस्सी १५ वर्षदेखि माथिल्लो स्तरमा खेलिरहेका छन् । मान्छेले उनी बार्सिलोनाबाट अन्य क्लबमा गएका छैनन् भन्लान् । तर बार्सिलोनमा अन्य खेलाडी त परिवर्तन भएका छन् । उनी अहिले पनि त्यहि छन् । मेस्सी सर्वकालिन उत्कृष्ट हुन् ।’

रोनाल्डोको विषयमा रिकोबाले भने, ‘यदि दुवै महान खेलाडी एकै समयमामा खेल्छन् भने दुई मध्ये को उत्कृष्ट भन्ने विवाद हुँदैन । रोनाल्डोको विषयमा आउँदा यदि दुई फरक समयमा खेल्थे भने फरक कथा बन्थ्यो । तर उनीहरु एकै समयमा खेलेकाले तुलना हुन्छ ।’

अलग टिमबाट एकै समयमा टिभिमा खेल हुर्नुपर्दा कसको हेर्न मन पर्छ भन्ने प्रश्नका जवाफमा रेकोबाले भनेका छन्, ‘अहिले यदि दुवैले एकै समयमा खेलिरहेका छन् भने म मेस्सीको खेल हेर्न चाहन्छु ।’

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.