6 years ago
July 27, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड प्रि सिजनको मैत्रीपूर्ण खेलमा ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग ७–३ ले पराजित भएको छ । एट्लेटिकोका लागि डिएगो कोस्टा एक्लैले ४ गोल गरेपछि स्टार खेलाडीले भरिएको रियलले अमेरिकाको न्यूयोर्कमा लज्जास्पद हार बेहोरेको थियो ।

खेलको पहिलो मिनेटमा नै कोस्टाले गोल गरेका थिए । आठौं मिनेटमा यसै सिजन एटलेटिको आएका जोआओ फेलिक्सले गोल गर्दै अग्रता दोब्बर पारे । १९ औं मिनेटमा एन्जल कोर्रियाले स्कोर ३–० बनाए ।
त्यसपछि कोस्टाले २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । अन्तिम मिनेटमा पेनाल्टीमा गोल गरेपछि कोस्टाले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरे । रियलले इडेन हाजार्ड लगायत पहिलो रोजाइका खेलाडी नै उतारेको थियो ।

खेलको रोमाञ्चकता त्यत्तिमा सिमित रहेन । रातो कार्डको सामना गर्दै मैदान छाड्नुअघि कोस्टाले ५१ औं अर्को गोल थपे । ५९ औं मिनेटमा रियलका लागि नाचो फर्नान्डेजले गोल फर्काए । ६४ औं मिनेटामा कोस्टा र रियलका डानियल कार्भाजाल दुवैले रातो कार्डको सामना गरेपछि दुवै टोलीले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका थिए ।
त्यसपछि पनि गोल गोल गर्ने क्रम रोकिए । एट्लेटिकोका लागि भिटोलोले गोल गरे । ८५ औं मिनेटमा रियलका करिम बेन्जेमाले पेनाल्टीमा गोल गरे भने खेल सकिन एक मिनेट बाँकी रहँदा रियलका जाभियर हर्नान्डेजले गोल गरे ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]