default_image

6 years ago

July 28, 2019

युथ फुटबल क्याम्पमा भाग लिन दुई टोली मलेसिया प्रस्थान

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले मलेसियामा आयोजना हुने युथ फुटबल एण्ड लिडरसिप क्याम्पमा भाग लिने भएको छ । २० सदस्यीय टोली आइतबार क्वालालम्पुर प्रस्थान गरेको छ ।

एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना भएको दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टोलीका खेलाडीलाई मलेसिया लगिएको बताइएको छ । छात्र र छात्रा तर्फ समान ९ खेलाडी छन् । टोलीको नेतृत्व तथा ब्यवस्थापन शेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्वु ओली र प्रियंका बस्नेतले गरेका छन् ।

सोमबारदेखि पाँच दिनसम्म चल्ने क्याम्पमा फुटबलको आधारभुत ज्ञान सिकाइने बताइएको छ । खेलाडीलाई समस्या समाधान, रणनीतिक विचार, मानसिक विकास, ब्यक्तित्व विकास लगायतका कार्यशालाहरुमा पनि सहभागि गराइनेछ । टिमले मलेसियाको यू–१७ टिमसँग मैत्रिपूर्ण फुटबल खेल्ने तय रहेको बताइएको छ ।

शेल्टर आश्रय अनाथ तथा आश्रय विहिन बालबालिकाको पढाई, बसोबासको क्षेत्रमा काम गर्दै आएको छ । बालबालिकालाई सहभागि गराएर शेल्टरले दुई पटक राष्ट्रिय फुटबल लिग आयोजना गरिसकेको छ । अघिल्लो संस्करणका उत्कृष्ट खेलाडीहरुले रसियाको मस्कोमा आयोजना भएको स्ट्रिट चाइल्ड वल्र्डकपमा भाग लिएका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.