6 years ago
July 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)–चार महिनापछि स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली महिला फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । सागको फुटबलमा महिलातर्फ राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्छ भने पुरुषको हकमा यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछ ।

प्रारम्भिक चरणमा छनोट भएका ४२ खेलाडी मध्ये पहिलो दिन आइतबार २९ खेलाडी प्रशिक्षणमा सामेल भएका थिए । फेरि पनि नेपाली महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी हरि खड्काले पाएका छन् । उनको नेतृत्वमा नेपाली टोलीले गत वर्ष ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो । त्यस्तै फागुनमा भारतमा हिरो गोल्ड कप र साफ च्याम्पियनसिपमा दोस्रो स्थान प्राप्त गरेको थियो ।
खड्काले घरेलु मैदानमा टोलीलाई स्वर्ण पदक जिताउनु मुख्य लक्ष्य रहेको बताएका छन् । जहाँ जहाँ सुधार आवश्यक छ त्यसमा हामी केन्द्रित भएर प्रशिक्षण गर्ने खड्काले वचन दिएका छन् । १३ औं साग काठमाडौं र पोखरामा मंसिर १५ देखि २४ गते सम्म आयोजना हुँदैछ ।
महिला टोलीको प्रारम्भिक चरणमा रहेका खेलाडी
निशा थोकर, सरु लिम्बु, अन्जलीकुमारी योन्जन, एन्जिला तुम्बापो सुब्ँबा, रेखा पौडेल, हिराकुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, रेणुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भण्डारी, अनिता केसी, विमला विके, पुजा रानामगर, पुनम जर्घा मगर, अन्जना रानामगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, शर्मिला थापा, दीपा राई, कृष्णा खत्री, घिमकुमारी गुरुड, अमृता जैसी, नीरु थापा, सृजना खड्का, निर्मला विके, दीपा न्यौपाने, उषा नाथ, समिक्षा घिमिरे, बसन्ती नाथ घिमिरे, रश्मीकुमारी घिसिड, मनीषा राउत, सावित्रा राना मगर, सलोनी रानामगर, रेविका राई, रोजिना श्रेष्ठ, प्रिति राई, मनीषा थापा, सम्झना लावती र सपना लामा
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]