default_image

6 years ago

July 29, 2019

बार्सिलोनाका स्टारका साथ फेब्रिगास

126 views

0 Bookmark

एजेन्सी – लियोन मेस्सी, लुइस स्वारेज, जोर्डी अल्बा र बार्सिलोनाका पूर्व सहकर्मी सेस फाब्रिगास विदा मनाउने क्रममा सँगै देखिएका छन् । नयाँ सिजनको अगाडि स्टारहरु श्रीमती र प्रेमिकाका साथ सँगै देखिएका हुन् ।

बार्सिलोना एसिया भ्रमणमा रहँदा सँगै नरहेका स्टारहरु अब नयाँ सिजनका लागि तयारीमा जुट्ने क्रममा रहेका छन् । बार्सिलोनाका स्टार र मोनाकोका मिडफिल्डरहरुले फोटो खिचाएका छन् । फेब्रिगासकी श्रीमति डानिला सेमानले इन्स्टाग्राममा तस्बिर राख्दै लेखेकी छिन्, फरक दिन , फरक वर्ष र तीनै उत्कृष्ट मान्छेहरु ।

बार्सिलोनाका खेलाडीसँग अहिले पनि फेब्रिगासको राम्रो सम्बन्ध रहि आएको छ । चेल्सी र मोकाको जानुअघि उनीहरुले बार्सिलोनाका लागि लामो समयसँगै खेले । फोटोमा मेस्सीकी श्रीमती एन्टोनेला रुकुजो र स्वारेजकी श्रीमती सोफिय बाल्बी पनि रहेका छन् ।

स्वारेजले मेस्सी, अल्बार फेब्रिगाससँग पार्टीमा सँगै रहेको फोटो सार्वजनिक गरेका छन् । कोपा अमेरिकाबाट फर्केपछि मेस्सी र उनी अझै केहि दिनको आराममा छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.