default_image

6 years ago

July 29, 2019

मेस्सीमाथि डिस्कोमा हातपातको प्रयास

142 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिकामा खराब प्रदर्शन गरेपछि हाल छुट्टि मनाइरहेका बार्सिलोना सुपरस्टार लिओनेल मेस्सीमाथि विश्वप्रसिद्ध इबिजा बीचस्थित एक डिस्कोमा हातपातको प्रयास भएको छ ।

युरोपका लगभग सबै क्लब नयाँ सिजनको तयारीमा जुटेको अवस्थामा कोपा अमेरिकामा सहभागिता जनाएका अधिकांश खेलाडी अझैपनि छुट्टिमा छन् । केहि खेलाडी प्रशिक्षणमा जुटेको अवस्थामा मुख्य खेलाडीहरुलाई भने क्लबहरुले विश्राम नै दिएका छन् । बार्सिलोनाले पनि आफ्नो कप्तान मेस्सीलाई अझै केहि समय बिदा दिएको छ । तर छुट्टीमा रहेका मेस्सीका लागि आइतबार राती समस्या आइपर्यो ।

बार्सिलोनाकै फरवार्ड लुइस सुआरेज, पूर्व खेलाडी सेस फाब्रिगास लगायत खेलाडीसँग रमाइलो गरिरहेका मेस्सीलाई इबिजास्थित एक डिस्कोमा हातपातको प्रयास भएको छ । सामान्यतया संयमित प्रकृतिका मेस्सीमाथि एक मानिसले अपशब्द बोल्दै हातपात प्रयास गरेपछि मेस्सीले पनि जवाफमा झम्टिएका थिए । तर डिस्कोमा तैनाथ सुरक्षा गार्डले दुवै पक्षलाई छुट्ट्याए । प्रत्यक्षदर्शीका अनुसार मेस्सीलाई अपशब्द बोलेका समर्थक उनको कोपा अमेरिका प्रदर्शनलाई लिएर निराश रहेको बुझिएको छ ।

मेस्सीले बुधबारदेखि मात्र बार्सिलोनाको प्रशिक्षणमा सहभागिता जनाउने छन् । उनलाई क्लबले अर्को साता मात्र क्लबमा उपस्थित हुने छुट दिएपनि मेस्सीले केहि दिन अगाडी नै प्रशिक्षण जाने निर्णय गरेका हुन् ।

हेर्नुहोस् समर्थकले खिचेको मेस्सीको झगडाको भिडियो :

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.