6 years ago
July 30, 2019
एजेन्सी – एल्क्सिस सान्चेज म्यानचेस्टर युनाइटेडको प्रि सिजन टोलीमा सामेल भएका छन् । कोपा अमेरिकामा सहभागी भएका सान्चेज त्यसपछि आराम गरिरहेका थिए । उनको टोली चिली कापा अमेरिकाको सेमिफाइनलमा पेरुसँग र तेस्रो स्थानको खेलमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

ब्राजिलमा भएको कोपा अमेरिकामा सान्चेज निकै लयमा थिए । उनलाई त्यहि चुनौति युनाइटेडबाट देखाउने दबाब छ । १८ महिना अघि आर्सनलबाट युनाइटेड गएयता उनको प्रदर्शन बिर्सन लायक रहँदै आएको छ ।
उनले युनाइटेडका लागि ४५ खेलमा मात्र ५ गोल गरेका छन् ।
सान्चेजसँगै टोलीका स्टार खेलाडी डेभिड डी जिया, भिक्टोर लिन्डेलोफ र नयाँ खेलाडी डानियल जेम्स पनि अभ्यासमा सामेल भएका छन् ।
कोपा अमेरिकामा सान्चेजले गरेको प्रदर्शन युनाइटेडका प्रशिक्षक ओले गुनास सोल्सेजरका लागि राहतको विषय हुन सक्दछ । निकै आशा गरेर युनाइटेड भित्राइएपनि उनी त्यसमा खरो उत्रन सकेका छैनन् ।
यदि उनले चिलीको प्रदर्शनलाई युनाइटेडमा दोहोराउने हो उनी ओल्र्ड ट्राफर्डका नायक बन्नेछन् । प्रि सिजनअन्तर्गत अस्ट्रेलिया र एसियाका भम्रणका दौरान युनाइटेडले सबै चार खेल जितेको थियो । पर्थ ग्लोरीलाई २–० ले हराएको युनाइटेडले लिड्सलाई ४–० ले पराजित गर्यो ।
त्यसपछि इन्टरनेसनल्स च्याम्पियन्स कपमा टोलीले इन्टर मिलानलाई १–० र प्रिमियर लिग प्रतिद्वन्द्वि टोटेनह्यामलाई २–१ ले हराएको थियो । युनाइटेडले मंगलबार क्रिस्टिसन्डको सामना गर्नेछ भने वेल्समा एसी मिलानसँग खेल्दै प्रि सिजनको अन्त्य गर्नेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]