6 years ago
July 29, 2019
एजेन्सी – सुपर स्टार नेयमारले यदि क्लब छाड्नै चाहेका हुन् भने उनलाई रोक्न नहुने उनकै टोलीका मिडफिल्डर मार्को भेराट्टीले बताएका छन् । पछिल्लो केहि समययता नेयमार पुनः बार्सिलोना फर्कने चर्चा चलिरहेको छ ।

यद्दपी एन्टोइन ग्रिजमन एट्लेटिको म्याड्रिडबाट बार्सिलोना पुगेयता नेयमारको सम्भावना केहि कम भएको विश्वास गर्नेहरुपनि छन् । दुई वर्षअघि १ सय ९० मिलियन पाउन्डमा पिएसजी पुगेका नेयमार पुनः बार्सिलोना फर्कन सक्ने सम्भावना रहेको दाबी गर्नेको संख्या पनि त्यत्तिकै छ ।
पिएसजी पुगेदेखि नै नेयमार टोलीमा असन्तुष्ट रहँदै आएको बारम्बार समाचारमा आएका छन् । पटक पटकको चोटका कारण उनले पनि सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छ्रनन् । व्यक्तिगत रुपमा भेराट्टी नेयमार पिएसजीमा रहुन भन्ने चाहन्छन् । तर यदि खेलाडीको इच्छा जाने नै छ भने त्यस्तो अवस्थामा भने क्लबले रोक्न नहुने उनको तर्क छ ।
‘यदि कोहि खेलाडी साच्चै जान चाहन्छ भने उसलाई जान दिनु पर्दछ,’ उनले भने,‘ उनी जाने अवस्था भन्दा पक्कै दुःख लाग्छ । तर मैले अहिले सम्म उनले जान चाहेको सुचेको छैन । क्लबलाई उनले के भनेका छन् त्यो पनि मलाई थाहा छैन । तर व्यक्तिगत रुपमा म उनी यहि रहेको हेर्न चाहन्छु ।

के नेयमार पुन नोउ क्याम्प फर्कन्छन्, धेरैको जिज्ञासा हो हो । बार्सिलोनाले पनि उनलाई लिनु अघि सोच्नु पर्ने अवस्था छ । ला लिगा च्याम्पियनले ग्रिजमनसँगै फ्रेन्की डी जोङलाई भित्राइसकेको छ । त्यसले फाइनान्सियल फेयर प्लेलाई पनि टोलीले ध्यानमा राख्नु पर्ने अवस्था छ ।
यदि नेयमार ल्याउने अवस्थामा भने बार्सिलोनाले फिलिप्पे काउटिन्होलाई बेन्च सक्छ । १८ महिना अघि बार्सिलोना पुगेका काउटिन्हाले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । ग्रिजमनको आगमनसँगै उनीमाथि दबाब थपिएको विश्वास गरिएको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]