default_image

6 years ago

July 29, 2019

खेल जीवनबाट इभ्राको सन्यास

162 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका महान प्याट्रिक इभ्राले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । फ्रान्सेली पूर्व अन्तर्राष्ट्रिय खेलाडी ३८ वर्षे इभ्राले २० वर्षे यात्रामा ८ क्लबबाट खेलेका थिए । इभ्राले अब आफुलाई प्रशिक्षणको यात्रामा लाने सोच बताएका छन् । उनका पूर्व युनाइटेडका प्रशिक्षक एलेक्स फगुर्नसनले उनी प्रशिक्षणमा जाने सक्ने अनुमान गरेका थिए ।

‘मेरो खेल जीवन औपचारिक रुपमा अन्त्य भएको छ । मैले युईएफएको बी कोचिङ लाइसेन्स सन् २०१३ बाट सुरु गरेको हो,’ इभ्राले भने,‘ अब म यो टुंगाएर ए साइसेन्सका लागि प्रयास गर्नेछु । आउने एक वा डेढ वर्षमा सबै सकिन्छ । त्यसपछि म टोलीको नेतृत्वका लागि तयार हुनेछु ।’

फर्गुसनले उनका दुई खेलाडी कसले भविष्यमा प्रशिक्षण गर्न सक्छन् भन्ने प्रश्नमा रायन गिग्स र इभ्राको नाम लिएका थिए । इभ्रा प्रिमियर लिगका उत्कृष्ट लेफ्ट ब्याकमध्येका एक मानिन्छन् । उनले युनाइटेडमा ८ वर्ष बिताएका थिए । उनले युनाइटेडका लागि ३ सय ७९ खेल खेलेका थिए ।


इटालियन क्लब मार्सालाबाट १९९८ मा खेल्न थालेका इभ्रा त्यसपछि मोन्जा गएका थिए । त्यहाँ ६ वर्ष बिताएपछि उनी नाइस र मोनाकोमा रहे । त्यसपछि उनको यात्रा युनाइटेडतर्फ मोडियो ।
युनाइटेडमा उनले १५ वटा उपाधि जिते । त्यसपछि उनी युभेन्ट्स र मार्सेली पुगे । उनले २०१७/ ०१८ को सिजन वेस्ट ह्याममा बिताए । पछिल्लो सिजनबाट क्लब पाउन छाडेपछि अन्ततः सोमबार उनले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.