default_image

6 years ago

July 30, 2019

रोनाल्डो लेजेन्ड अवार्डबाट सम्मानित

95 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई मार्सा लेजेन्डको अवार्डबाट सम्मानित भएका छन् । स्पेनिस खेलकुदमा निकै प्रतिष्ठित संचारमाध्यम मार्साले प्रदान गर्ने यस अवार्ड युरोपकै शीर्ष अवार्डमा पर्दछ ।

रोनाल्डोलाई व्यावसायिक फुटबल खेलाडीको रुपमा प्राप्त गरेको सफलता र उनले विश्व जगतमा पाएको चर्चाका कारण यस अवार्डबाट सम्मानित गरिएको हो । सोमबार उनलाई मार्साका निर्देशक जुआन इग्नासियो गालार्डोले म्याड्रिडमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड हस्तान्तरण गरे । रोनाल्डोले भावुक हुँदै यस अवार्ड उनको म्युजियममा विशेष रहने बताए ।

‘यो अवार्डलाई मेरो म्युजियममा राम्रो स्थानमा राख्नेछु । म्याड्रिड मेरो लागि विशेष सहर हो । मैले विश्वका अनेक ठाउँ पुग्दा पनि कमै सहर यसलाई टक्कर दिन सक्ने छन् । मैले यो अवार्ड प्राप्त गर्नुमा महत्त्वपूर्ण भूमिका रियल म्याड्रिडको रहेको छ । म यो अवार्ड पाउँदा निकै गौरवान्वित भएको छु,’ रोनाल्डोले भने ।

रोनाल्डोभन्दा अगाडी यस अवार्डबाट रोजर फेडेरर, राफेल नाडाल, माइकल जोर्डन, माइकल फेल्पस, मार्क मार्केज, पल गस्ल, उसेन बोल्ट लगायत खेलाडी सम्मानित भएका छन् । फुटबल खेलाडीमा लिओनेल मेस्सी, राउल, डिएगो म्याराडोना, पेले र पाओलो माल्डिनीले पनि यस अवार्ड हात पारिसकेका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.