6 years ago
July 30, 2019
एजेन्सी – पछिल्लो समय युभेन्ट्स र म्यानचेस्टर युनाइटेडबीच दुवै टोलीका फरवार्ड किनबेचलाई लिएर ट्रान्सफर बजारमा हलचल जारी छ । यसक्रममा युभेन्ट्सले युनाइटेडका रोमेलु लुकाकुलाई अनुबन्धन गर्न अर्को प्रस्तावको तयारी गरेको छ ।

अर्को इटालियन क्लब इन्टर मिलानले लगातार युनाइटेडसँग लुकाकुको अनुबन्धनलाई लिएर प्रयास जारि राख्दा युभेन्टसले आफ्नो टोलीका फरवार्ड पाउलो डीबालालाई समेट्दै अनुबन्धन प्रस्ताव गर्ने भएको हो । युभेन्टसले डीबालाको भाउ १ सय मिलियन युरो रहेको भन्दै अर्को इंगलिस क्लब टोटेनहमको प्रस्ताव नकारीरहेको अवस्थामा लुकाकुलाई भित्र्याउन भने खेलाडी साटासाटका लागि तयार रहेको बुझिएको छ । टोटेनहमले डीबालाका लागि ६० मिलियन युरोको प्रस्ताव गरेपनि युभेन्टसले नकारेको थियो ।
यता इन्टर मिलानले लगातार लुकाकुलाई अनुबन्धन गर्न प्रयास जारि राखेको छ । पछिल्लो समय प्रि सिजनका कुनै खेल नखेलेका लुकाकु क्लब छाड्ने लगभग पक्का देखिएको छ । इन्टरले यसै साता गरेको ५४ मिलियन पाउण्डको प्रस्ताव पनि युनाइटेडले स्वीकार गरेको छैन । यदि युभेन्टसले डीबालासहित प्रस्ताव गरेको खण्डमा युनाइटेडले पनि उक्त प्रस्ताव स्वीकार्ने सम्भावना प्रबल छ ।
इन्टरले पनि लुकाकु नआएको खण्डमा पेरिस सेन्ट जर्मेनका एडिन्सन काभानी वा एएस रोमाका एदीन जेकोलाई लाई ल्याउने प्रयास थाल्ने बुझिएको छ । माउरो इकार्डीलाई प्रशिक्षक एन्टोननियो कोन्टेले टोलीमा नराख्ने निर्णय लिएपछि इन्टर हाल फरवार्डको खोजीमा छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]