default_image

6 years ago

July 30, 2019

नेयमारमाथि लागेको बलत्कारको मुद्दा खारेज!

125 views

0 Bookmark

एजेन्सी– ब्राजिलियन पुलिसले प्रमाण नपुगेको भन्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार माथि लागेको बलत्कारको आरोपको मुद्दा बन्द गरेको छ । साउ पाउलोको महान्यायधिवक्ताको कार्यालयले पर्याप्त प्रमाण नभएपछि मुद्दा बन्द गरिएको बताएको छ ।

तर, त्यसलाई माथिल्लो अदालतले १५ दिन पछि अन्तिम निर्णय दिनेछ । ब्राजिलियन महिला नजिता ट्रिनडाडेले पेरिसको एक होटलमा मेमा बलत्कार गरेको आरोप लगाएकी थिइन् । तर नेयमारले आरोप अस्वीकार गर्दै आएका थिए ।

नेयमारले आफु विरुद्धको मुद्दा दायर भएपछि नेयमारले सात मिनेटको भिडियो सार्वजनिक गरेका थिए । ट्रिनडाडसँगको भेटका फोटो र वाट्स्याप म्यासेजलाई पनि उनलले सार्वजनिक गरेका थिए । त्यो भिडियोमा उनले लगाएको जस्तो आरोप प्रमाणित हुने कुनै घटना थिएन ।

ट्रिनडाडेले टेलिभिजन अन्तवार्ताका क्रमाम उनले दुईजनाबीचको झगडा पनि देखाएकी थिइन् । २८ वर्षे सुपर स्टार पिएसजी टोलीका साथ प्रि सिजनका लागि एसिया भ्रमणमा छन् । अहिले उनी बार्सिलोना फर्कन चर्चा चलिरहेको छ । ब्राजिलले जितेको कोपा अमेरिका उनले चोटका कारण गुमाएका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.