6 years ago
July 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भारतमा अर्को महिना हुने साफ यू १५ च्याम्पियनसिपमा नेपालले पहिलो खेल आयोजकविरुद्ध खेल्ने भएको छ । नेपाल र भारतबीच अगस्ट २१ मा उद्घाटन खेल हुनेछ ।

अगस्ट २१ देखि २८ सम्म भारतको कल्याणी रंगशालामा हुने च्याम्पिनसिपमा नेपाल, भारतबाहेक, बंगलादेश, श्रीलंका र भुटानको सहभागिता रहनेछ । साफका सदस्य राष्ट्र पाकिस्तान र माल्दिभ्सको भने च्याम्पियनसिपमा सहभागित रहने छैन ।
नेपालले दोस्रा खेल अगस्ट २३ मा श्रीलंकासँग, तेस्रो खेल अगस्ट २७ मा बंगलादेशसँग र राउन्ड रोविनको अन्तिम खेल असस्ट २९ मा भुटानसँग खेल्नेछ । सबैले सबैसँग खेलेपछि अंक तालिकाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]