default_image

6 years ago

July 30, 2019

विश्व कप छनोट – एन्फाले पहिला ‘अवे’ को प्रस्ताव गर्ने !

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालाको निर्माण सम्पन्न नहुने भएपछि नेपालले विश्वकप अन्तर्गत छनोटको आफ्नो पहिलो खेल कुवेतमा खेल्नका लागि प्रस्ताव गर्ने भएको छ ।

२०७२ को विनाशकारी भूकम्पले पूर्न निर्माण गरिएपनि अझै केहि समय दशरथ रंगशाला तयार नहुने भएकाले नेपालले सुरुका ५ खेल बाहिर खेल्नका लागि प्रस्ताव गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको आकस्मिक बैठकले कुवेतसँगका होम म्याच पनि कुवेतमा नै खेल्ने प्रस्ताव गर्ने भएको छ । कुवेतसँगको नेपालको होम म्याच भदौ १९ मा रहेको छ ।

विश्वकप छनोटमा नेपाल कुवेत, चाइनिज ताइपेइ, अस्ट्रेलिया र जोर्डनसँग परेको छ । एन्फाले चाइनिज ताइपे, जोर्डनसँगका होम म्याचको मितिमा अवे म्याचका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।

नेपालले चाइनिज ताइपेइसँग भदौ २४ र जोर्डनसँग असोज २८ गते होम म्याच खेल्ने तय छ । त्यसको सट्टा एन्फाले त्यहि मितिमा नेपालको अवे खेलका लागि प्रस्ताव गरेको छ ।

‘अहिले कुवेत, चाइनिज ताइपेइ र जोर्डनसँगका खेल होम हुनुपर्ने हो । यो अवस्थामा हाम्रो मैदान तयार नहुने भएकोले हामीले सम्बन्धित संघ लाई अनुरोध गर्ने निर्णय गरेका छौं,’ उनले भने ,‘ हाम्रो प्रस्ताव स्वीकार भएको खण्डमा हामीले अवेको समयमा होममा म्याच आयोजना गर्नेछौं ।’

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.