6 years ago
July 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका एथ्लेटिक ट्रेनर विवेक विक्रान्त अधिकारीलाई बर्खास्त गरेको छ । एन्फा कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले छानविन समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही गरेको जनाएको छ । एन्फाले विवेकलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ भने नाम नतोकी खेलाडीलाई अनुशासनमा रहन सचेत गर्ने निर्णय गरेको छ ।

असारको ९ गते ट्रेनर र राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङबीच विवाद भएको थियो । पछि विवेकले किरणलाई पछ्याउँदै तातो चिया अनुहारमा खनाइदिएपछि विवादले उग्ररुप लिएको थियो । त्यसपछि एन्फाले केन्द्रिय सदस्य मधुसुदन उपाध्यायको संयोजकत्वमा तीन सदस्यी छानबिन समिति गठन गरेको थियो ।
समितिले विकेकलाई बर्खास्त र किरणलगायत अन्य खेलाडीलाई भने अनुशासनमा रहन चेतावनी दिने निर्णय गर्न सुझाव दिएको थियो । ‘घटनामा विवेक र किरण प्रत्यक्ष संलग्न देखिएपनि अन्य खेलाडीका विषय पनि उठेका छन्,’ एन्फा प्रवक्ता किरण राईले भने,‘ हामीले नाम सार्वजनिक नगरेपनि खेलाडीलाई पनि सचेत गराउने निर्णय लिएका छौं ।’

विवाद अघि नै राष्ट्रिय टोलीका खेलाडी विवेकको ट्रेनिङमा सन्तुष्ट थिएनन् । त्यस अन्य खेलाडीको गुनासोलाई सम्बोधन गर्ने क्रममा किरणले घटना भन्दा अघि नै खेलाडीको हस्ताक्षर संकलन समेत गरेको बताइएको छ । एन्फाले त्यसलाई भने स्वीकार गर्न नसक्ने बताएको थियो ।
‘प्रशिक्षक चित्त बुझेन भन्दै हस्ताक्षर संकलन गर्दै हिड्ने परम्परा अनुसाशन भन्दा बाहिरको हो,’ एन्फा एक पदाधिकारीले भने,‘ भोली अध्यक्ष वा अरु कोहि चित्त बुझेन भनेर हस्ताक्षर संकलन गर्ने परम्पराको विकास हुन सक्छ । चित्त नबुझेको कुरा राख्ने ठाँउ छ र त्यसको ढंग छ । ’ यसैबीच किरण हालै भारतीय क्लब मर्निभा पञ्जाबमा आबद्ध भएका छन् ।
एन्फाले आकस्मिक बैठकबाट अन्य धेरै निर्णय यस प्रकार छन् ।



December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]