6 years ago
July 31, 2019
एजेन्सी– टोटेनह्याम आउदी कपको फाइनलमा पुगेको छ । जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियल म्याड्रिडलाई मंगलबार १–० ले हराउँदै टोटेनह्याम फाइनल पुगकेो हो । कप्तान हेरी किनले २२ औं मिनेटमा गरेको एक मात्र गोल टोलीको जितका लागि पर्याप्त रह्यो ।

केहि मिनेट पछि नै रियलले बराबरीको मौका पाएको थियो । तर, केरिम बेन्जिमाले गोलको राम्रो मौका चुकाएका थिए । केनकै अर्को प्रयासलाई भने रियलका गोलकिपर केलोर नाभासले रोकेका थिए ।
प्रि सिजनमा पनि रियल दबाबमा रहेको छ । चेल्सीबाट इडन हाजार्जलाई भित्राएपनि उनले सोचे अनुरुपको प्रदर्शन दिन सकिरहेका छैनन् । जसका कारण प्रशिक्षक जिदानमाथि पनि दबाब बढिरहेको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]