default_image

6 years ago

July 31, 2019

रोनाल्डो नखेल्दा आयोजकलाई मुद्दा

105 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस र कोरियाको के-लिगको अल स्टार्स बीचको खेलमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो मैदानमा नआएपछि समर्थकहरुले आयोजकविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

आयोजकका अनुसार युभेन्टससँग गरिएको सम्झौतामा रोनाल्डोले कम्तिमा ४५ मिनेट खेल्ने उल्लेख गरिएको थियो । तर प्रशिक्षक माउरिजियो सार्रीले उनलाई पूरै समय बेन्चमा नै राखे । रोनाल्डो खेल अवधिभर नै बेन्चमा रहेपछि रुष्ट भएका समर्थकले रोनाल्डोलाई चिढ्याउन मेस्सीको नाम लिएर समेत नाराबाजी गरेका थिए । तीमध्य केहि समर्थकले भने सोलस्थित अदालतमा मुद्दा दर्ता गरेका छन् ।

समर्थकहरुले टिकटका लागि तिरेको ७० हजार वन (६ हजार ५ सय रुपैयाँ) फिर्ता माग्ने सँगै मानसिक तनाव दिएको भन्दै १० लाख वन क्षतिपूर्ति माग गरेका छन् । ‘सामान्यतया यस्तो अवस्थामा समर्थकहरुले टिकटको पैसा फिर्ता पाउँछन् । तर यसमा रोनाल्डोको नाम प्रयोग गरेर आयोजकले गलत प्रचार गरेको आरोप छ । अझ केहि रोनाल्डोका समर्थकको लागि उनले खेलेको हेर्न नपाउनु पक्कै मानसिक रुपमा कठिन रहयो । अहिले केहि समर्थकले मात्र हामीलाई सम्पर्क गरेका छन्, अझै त्यो संख्या बढ्ने देखिएको छ,’ एक वकिलले रोयटर्सलाई भने ।

आयोजक द फास्टाका प्रमुख कार्यकारी अधिकृत रोबिन च्याङले सम्झौता अनुसार रोनाल्डोले ४५ मिनेट खेल्ने उल्लेख रहेको जानकारी दिइन् । ‘ मैले युभेन्टसका उपाध्यक्ष पाभेल नेडभेडलाई पनि जानकारी दिए । उनले ‘मैले पनि रोनाल्डोले खेलोस भन्ने चाहेको थिएँ, तर उनले खेल्न चाहेनन्’ भन्ने जवाफ फर्काए । म स्तब्ध भएँ,’ उनले थपिन् । के लिगले इटालियन च्याम्पियनलाई सम्झौता तोडेको भन्दै चिठी लेखेको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.