6 years ago
August 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि अखिलन नेपाल फुटबल संघले यू २३ पुरुष टोलीको तयारी सुरु गरको छ । सागकै लागि महिला टोलीको तयारी पनि सुरु भइसकेको छ ।

सागको यू २३ टोलीमा २३ वर्षभन्दा माथिका ३ जना खेलाडी राख्न पाउने प्रावधान छ । त्यसका लागि बालगोपाल महर्जनको मुख्य प्रशिक्षणमा रहेको टोलीले बढीका उमेरका ५ जना खेलाडीलाई प्रशिक्षणमा डोकेको छ । ती पाँचै खेलाडी राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन् । प्रशिक्षणको पहिलो दिन २५ खेलाडी समावेश भएका थिए ।
महर्जनले सिनियर टोलीका गोलकिपर किरण चेम्जोङसहित, विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठलाई डाकेका छन् । साग यू २३ टोलीमा २३ वर्षमाथिका ३ खेलाडी राख्न पाउने प्रावधान छ । सागमा सन् २००४ को नवौं संस्करणबाट यू २३ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल सागको साविक विजेता हो ।
यू-२३ र सिनियर टोली दुवैमा पर्नेले विश्व कप छनोटको तयारीमा राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्नेछन् । बाँकी यू-२३ का खेलाडीले महर्जनको प्रशिक्षणमा रहनेछन् ।

सागका लागि प्रशिक्षणमा डाकिएका खेलाडी
गोलकिपर – किरण चेम्जोङ, रोमन रसाइली, अपर्ण कार्की, दीप कार्की, देव लिम्बु, प्रदीप भण्डारी, अभिषेक बराल
रक्षक – रोहित चन्द, असिम भुसाल, विश्वास उदास, अनन्त तामाङ, दीनेश राजवंशी, विकास खवास, छिरिङ गुरुङ, गौरव बुढाथोकी, राजन गुरुङ, रोमन लिम्बु, सुमन अर्याल, अमित तामाङ मिडफिल्ड – हेमन्त थापा मगर, रोशन पहारी, सेनसाङ आङदम्बे, नीतिन थापा, तेज तामाङ, अरिक विष्ट, अर्जुन सिंह, विक्रम लामा, अशोक थापा, विजय श्रेष्ठ, सुजल श्रेष्ठ, दीपेश आले मगर, अन्जन विष्ट, सुनिल बल, सुसान श्रेष्ठ, रामचन्द्र वाजी
फरवार्ड – विमल घर्तीमगर, धिरज श्रेष्ठ, राजेश परियार, नवयुग श्रेष्ठ, मिक्छेन तामाङ, अभिषेक रिजाल, प्रेजेन तामाङ, रेजिन सुब्बा, राजिभ लोचन, पुजन उपरकोटी
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]