default_image

6 years ago

August 2, 2019

महिला टोली र खड्कालाई अर्को एउटा मौका !

123 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाली फुटबलका सफल स्ट्राइकर मध्येका एक हरि खड्का । राष्ट्रिय फुटबल टोलीबाट उनको र नीराजन रायमाझीको नाममा रहेको समान १३ गोलको कीर्तिमान अहिले सम्म तोडिएको छैन ।

खेल जीवनबाट विश्राम लिएपछि खड्काले प्रशिक्षणतर्फ आफुलाई मोडे । नेपाल पुलिस क्लबलाई केहि समय प्रशिक्षण दिए । तर, दुर्भाग्य मोफसलमा उनले टोली सम्हाल्दा पुलिसले अधिकांश खेलमा निराशा नै बेहोर्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई उमेर समूहको टोली हेर्ने मौका दियो । त्यहाँ उनको प्रशर्दन ठिक ठिकमात्र रह्यो ।

प्रशिक्षण जीवनमा उनका लागि सबैभन्दा अर्थपूर्ण गतवर्ष रह्यो । एन्फाले उनलाई महिला टोलीको मुख्य प्रशिक्षक बनायो । उनको नेतृत्वमा महिला टोलीले आशालाग्दो प्रदर्शन गर्यो । पहिलो पटक ओलम्पिकको दोस्रो चरणका लागि छनोट नेपाली महिला टोलीले भारतमा भएको हिरो गोल्ड कपमा दोस्रो स्थान हासिल गर्यो । भारतविरुद्ध महिला फुटबलमा नेपालले अहिले सम्मकै सफल नतिजा उनकै नेतृत्वमा प्राप्त गर्यो । ओलम्पिक छनोटमा भारतलाई बराबरीमा रोक्न सफल नेपाली टोलीले उसकै मैदानमा भएको हिरो गोल्ड कपमा भने हराएको थियो । महिला फुटबलमा भारतमाथि नेपालको त्यो अहिले सम्मको एक मात्र जित हो ।

वर्षको अन्त्यमा विराटनगरमा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल फाइनल पुग्यो । तर, फेरि पनि फाइनलमा नेपाली टोली भारतसँगै पराजित भयो । उपाधि जित्ने मौकाबाट नेपाली टोली विमुख भयो । अहिले फेरि नेपाली महिला टोली सामू अर्को एउटा मौका आएको छ, च्याम्पियन बन्न । त्यो पनि घरेलु मैदानमै ।

मंसिर १५ देखि २४ गते सम्म नेपालमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुँदैछ । त्यसका लागि नेपाली महिला र पुरुष दुवै टोलीको तयारी सुरु भएको छ । एन्फाले हालै खड्कालाई अझै ठूलो जिम्मेवारी सम्पुगेको छ । समग्र महिला फुटबल विभागको जिम्मेवारी दिएको छ । सँगै उनले महिला टोलीमा मुख्य प्रशिक्षणको जिम्मेवारी पाएका छन् । उनी सामू नेपाललाई च्याम्पियन बनाउने अर्को एउटा मौका पाएको छ । गत वर्ष उनको नेतृत्वमा टोलीले प्राप्त गरेको सफलताकै आधारमा फेरि जिम्मा दिएको हुनुपर्दछ ।

खड्कालाई पनि राम्ररी थाहा छ , फुटबलमा भारतलाई हराउन सजिलो छैन । सागमा पनि नेपालका लागि मुख्य चुनौति भार तनै हो । अहिले सम्म सागमा नेपालले तीन पटक फाइनल खेल्यो । सबैमा भारतसँगै पराजित भएको छ । अहिले पनि नेपालको सबै भन्दा ठूलो चुनौति भारत नै हुने सम्भावना छ । खड्का पनि त्यसलाई स्वीकार्छन् । ‘हामीले साफमा जे गल्ति कमजोरी गर्यो । त्यसलाई दोहोराउन हुन्न । त्यसमा हामी सचेत छौं, उनले भने, ‘घरेलु मैदानमा स्वर्ण जित्ने हाम्रो लक्ष्य हो । त्यसलाई सहयोग पुग्ने गरि मैले ३ वटा मैत्रीपूर्ण खेल माग गरेको छु । दुई दिन अघि सुरु भएको प्रशिक्षणमा ४२ खेलाडी डाकिएका छन् । त्यसबाट केहि सातामा ३० मा झारिने उनको योजना छ ।’

प्रशिक्षक हरि खड्का प्रशिक्षणबारे यसो भन्छन् :

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.