6 years ago
August 3, 2019
पोखरा (हाम्रो खेलकुद) – फुटबल प्रतियोगिताको आम्दानीबाट एकेडेमी चलाउने पोखरा को सहारा क्लब देशकै एकमात्र क्लब हो । हरेक वर्ष आयोजना हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगितानै क्लबको एकेडेमी चलाउने मुख्य आयश्रोत हो ।

हरेक वर्ष क्लबले २० लाख भन्दा बढी रुपैयाँको बचत गर्दै र त्यहि रकमबाट एकेडेमी सञ्चालन गर्दै आएको छ । तर, यसपटक भने बचत रकम व्यापक रुपमा घटेको छ । सहाराले यो वर्ष एकेडेमी सञ्चालनका लागि अक्षयकोषको रकम प्रयोग गर्नुपर्ने भएको छ । कोषमा हालसम्म करिब एक करोड २० लाख रुपैयाँ भन्दा बढी जम्मा रहेको र त्यसको ब्याजबाट एकेडेमी चलाइने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।
१७ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताबाट मात्र एक लाख ४९ हजार ३ सय २६ रुपैया मात्र बचत भएको छ क्लबले शनिबार पत्रार सम्मेलनमार्फत जानकारी दिएको छ । फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा संचालन भएको सो प्रतियोगिताबाट यसपटक विगतमा भन्दा निकै रकम बचत भएको हो ।
बचत रकम अघिल्लो बर्ष भन्दा करिब ९४ प्रतिशतले कम हो । सहाराका अनुसार अघिल्लो संस्करणमा २३ लाख ७६ हजार ९७ रुपैंया तथा १५ औं संस्करणबाट २७ लाख रुपैयाँ भन्दा बढी बचत भएको थियो । आय व्यय प्रस्तुत गर्दै क्लवका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सह संयोजक राजु लालचनले यसपटक ७० लाख ७८ हजार ७ सय ८६ रुपैया आम्दानी भएको बताए ।
प्रतियोगिता सञ्चालनका लागि ६९ लाख २९ हजार ४ सय ६० रुपैया खर्च भएको जनाए ।
टिकटबाट १५ लाख ५० हजार २ सय ६५ रुपैयाँ, व्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजार ४ सय ५० रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष लालचनले जनाए । मुख्य प्रायोजक हिमश्री फुड्स प्रा।लि।को उत्पादन आहा रारा तयारी चाउचाउबाट १३ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको बताइयो ।
राखेप र गोर्खा ब्रुअरी नेपालबाट ४/४ लाख तथा हिमांश एजुकेशन कन्सल्टेन्सीले ४ लाख एक हजार सहयोग गरेका थिए । पोखरा रंगशालामा बिना प्यारापिट प्रतियोगिता संचालन भएको हुँदा दर्शक कम भएको र त्यसैले गर्दा आम्दानीमा असर परेको क्लबका थापाले बताए ।
प्रतियोगितामा सहभागी खेलाडीका लागि २३ लाख १३ हजार ६ सय ४१ रुपैयाँ खर्च भएको छ भने पुरस्कार एवं प्रोत्साहनमा १३ लाख २२ हजार , प्रचार प्रसारमा ४ लाख ९७ हजार २ सय ५७ रुपैयाँ खर्च भएको क्लबले जनाएको छ । त्यसै रेफ्रि खर्चमा २ लाख ७८ हजार ८ सय १० रुपैयाँ, मैदान, स्टेज, प्यारापिट व्यबस्थापन र अतिथि सत्कारमा ८ लाख ७७ हजार ४ सय २७ रुपैयाँ खर्च भएको कोषाध्यक्ष लालचनले जानकारी दिए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]