default_image

6 years ago

August 5, 2019

क्विक्स कप छात्रा फुटबल अर्को साता सुरु हुने

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्विक्स कप अन्तर विद्यालय राष्ट्रिय छात्रा फुटबल प्रतियोगिता अन्तर्गत काठमाडौं जिल्लाको प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । साउन २६ गते सुरु हुने प्रतियोगितामा १४ विद्यालयको सहभागिता रहेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषद्को समन्वय , क्विक्सिको प्रायोजन र अखिल नेपाल फुटबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन हुने बताइएको छ । छात्रा फुटबलको पहिलो दिन नेपाल राष्ट्रिय मावि र प्याराडाइज रिडर्स ऐकेडेमी तथा गणेश मावि र सैनिक आवासिय माविबीच प्रतिस्पर्धा हुनेछ ।

भदौ ३ गते सम्म हुने प्रतियोगितामा नेपालय पब्लिक स्कुल, गहेश्वरी मावि, नेपाल एपिएफ छाात्रा टिम, छहारी शिक्षा सदन, ज्ञानोदय बाल बालिटका मावि , एकता जेम्स स्कुल, पवन प्रकृति मावि, पद्म कन्या स्कुल, सेन्ट जेमियर्स स्कुल र मंगलद्धिप बोर्डिङको सहभागिता रहेको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.