default_image

6 years ago

August 6, 2019

कसले जित्ला ‘द बेस्ट’ अवार्ड?

124 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्दै आएको फिफा द बेस्ट अवार्डको लागि यसपटक कडा प्रतिस्पर्धा हुने भएको छ ।

मनोनयनमा च्याम्पियन्स लिग विजेता लिभरपुलको खेलाडीको दबदबा रहँदा साविक विजेता रियल म्याड्रिडका लुका मोड्रिचले स्थान बनाउन सकेनन् । सेप्टेम्बरमा घोषणा गर्ने नयाँ विजेताका लागि प्रिमियर लिगका ४ खेलाडी रहेका छन् ।

प्रिमियर लिगका ४ मध्ये ३ खेलाडी लिभरपुलका छन् । गत सिजन टोटेनहमलाई हराउँदै लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । भर्जील भान डाइक, साडियो माने र मोहम्मद सलाह लिभरपुलबाट र टोटेनहमका कप्तान ह्यारी केन द बेस्ट अवार्डको मनोनयनमा परेका छन् ।

सुपरस्टारद्वय युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार किलियन एमबाप्पे पनि द बेस्ट उपाधिको दौडमा छन् । आयक्सबाट उच्च प्रदर्शन गरेका युवा खेलाडी फ्रेन्की डी जोङ र म्याथिज डी लिग्ट पनि मनोयनमा छन् । दुई डच स्टारहरुले आयाक्सलाई च्याम्पियन्स लिग सेमिफाइनल सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

यो सिजन रियल म्याड्रिडमा पुगेका इडेन हाजार्ड पनि १० जनाको मनोनयमा परेका छन् । रियलबाट मनोनयमा पर्ने उनी एक्ला हुन् । रियलले गत सिजन च्याम्पियन्स लिग जित्दा मोड्रिच कप्तान रहेको क्रोएसियाले विश्व कप फाइनल खेलेको थियो । त्यति बेला रोनाल्डो धेरै मतले दोस्रो र लिभरपुलका सलाह तेस्रो भएका थिए ।

फिफा विश्वका उत्कृष्ट वर्ष खेलाडी र फ्रान्स फुटबलको बालोन डी’ओरलाई एउटै बनाउँदै ६ वर्ष फिफा बालोन डी ओर दिएको थियो । त्यसपछि सहकार्य टुटेपछि फिफाले द बेस्ट अवार्ड दुई वर्षअघिबाट दिन सुरु गरेको हो । सन् २०१७ को पहिलो संस्करणमा रोनाल्डोले जितेका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.