default_image

6 years ago

August 6, 2019

राष्ट्रिय टोलीबाट ५ खेलाडी बाहिरिए

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको तयारीमा रहेको टोलीबाट खेलाडी संख्या घटाएका छन् ।

पहिलो चरणमा ३६ खेलाडी बोलाइएकोमा ५ खेलाडी कम गर्दै ३१ खेलाडी दोस्रो चरणको छनोटमा परेका हुन् । पहिलो चरणबाट बाहिरिनेमा डिफेन्डर कमल श्रेष्ठ र अमित तामाङ तथा मिडफिल्डरहरु नितिन थापा, सेसेहाङ आङदेम्बे र मिक्छेन तामाङ रहेका छन् । कमलबाहेकका चार जना यू-२३ टोलीको प्रशिक्षणमा सहभागी हुनेछन् ।

हाल प्रशिक्षणमा उपस्थित नरहेका भरत, रोहित र विमल पनि टोलीमा समेटिएका छन् । भरत आर्मी प्रशिक्षणका लागि थाइल्यान्डमा छन् । विमल माल्दिभ्स र रोहित इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका छन् ।

राष्ट्रिय टोली :

विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विमल घर्तिमगर, रोहित चन्द, भरत खवास, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अभिषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनिल बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे र त्रिदेव गुरुङ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.