6 years ago
August 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– क्विक्स कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार अमर इङ्लिस सेकेन्डरी स्कुल र भ्याली पब्लिक विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अमरले रिड मोडल उच्च माविलाई ७–० ले हराएको थियो । अर्को खेलमा भ्याली पब्लिकले पवन प्रकृतिलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा अखिल नेपाल फुटबल संघले आयोजना गरेको प्रतियोगितालाई क्विक्सले प्रायोजन गरेको छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]