default_image

6 years ago

August 6, 2019

रुनी इङ्ल्यान्ड फर्कने पक्का, डर्बीमा दोहोरो भूमिका

117 views

0 Bookmark

एजेन्सी – अमेरिकाको डिसी युनाइटेडमा १८ महिना बिताए इङ्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान वायने रुनी स्वदेश फर्कने भएका छन् । रुनी डर्बी काउन्टीसँग गरेको सम्झौता अनुसार सन् २०२० को जनवरीबाट टोलीमा आबद्ध हुनेछन् ।


डर्बीमा रुनी दोहोरो जिम्मेवारी खेलाडी र प्रशिक्षकका रुपमा रहनेछन् । रुनी मेजर लिग सकर टोली डिसी युनाइटेडमा जुन २०१८ मा आबद्ध भएका थिए । डबीले ३२ रेडसँग क्लबको कीर्तिमानी सम्झौता गरेका थिए । रुनीले नयाँ क्लबमा ३२ नम्बर जर्सी लगाउने छन् ।

‘डर्बीसँगको सम्झौतालाई लिएर म खुसी छ र म उत्साहित छु । म प्रशिक्षक फिपिल कोकुसँग काम गर्न आतुर छु । जनवरीको सुरुवातबाट म टोलीमा हुनेछु , ‘ रुनीले भने, ‘मलाई विश्वास छ , क्लबमा म आफ्नो तर्फबाट योगदान गर्नेछु । म सबैसँग भेट्न चाहन्छु । मुख्यत समर्थकलाई । त्यस्तै क्लबसँग काम गर्न पनि त्यत्तिकै उत्साहित छु । ‘

रुनी र क्लबबीच साताको १ लाख पाउन्ड उपलब्ध गराउने सम्झता भएको विश्वास गरिएको छ ।
अमेरिकाबाट स्वदेश फर्कने क्रममा मंगलबार बिहान हिथ्रो विमास्थलमा आइपुग्दा समर्थकरुले उनीसँग तस्बिर खिचेका थिए । कोकुको टोलीमा रहेर रुनीले प्रशिक्षण जीवनलाई पनि अघि बढाउनेछन् ।

‘रुनी साच्चै माथिल्लो स्तरका खेलाडी हुन् । उनी क्लबमा आउँदा हामी उत्साहित छौं । उनको आगमले क्लबका खेलाडीको मनोबल मैदान बाहिर र भित्र पनि बढ्नेछ,’ प्रशिक्षक कोकुले भने, ‘उनको खेल जीवन स्तर रह्यो । उनले देश र क्लब दुवैका लागि योगदान गरेका छन् । अहिले पनि उनी उत्तिकै प्रभावकारी छन् ।’

रुनी गत सिजन एभर्टनबाट डिसी युनाइटेड पुगेका थिए । उनेको प्रदर्शन स्मरण योग्य रह्यो । उनले ४३ खेलमा डिसीका लागि २३ गोल गर्नुका साथै १४ एसिस्ट गरेका थिए । इस्टर्न कन्फ्रेन्समा उनको प्रदर्शनको मद्दतमा टोली पुछारबाट प्ले अफ सम्म पुगेको थियो । रुनीले बाँकी समयमा पनि डिसीमा आफ्नोतर्फबाट शतप्रतिशत दिने बताएका छन् ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.