6 years ago
August 7, 2019
एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नेयमार लोनमा म्यानचेस्टर युनाइटेड जाने सम्भावना रहेको स्पोनिस पत्रिका स्पोर्टस्ले उल्लो गरेको छ । समर ट्रान्फर अन्त्यतिर पुग्ने बेलामा युनाइटेड ठूलो नाम भित्राउन चाहन्छ । त्यसका लागि नेयमार एउटा सहि खेलाडी हुन सक्छन् ।

नेयमार भने पुनः बार्सिलोना जान चाहेको बताइएको छ । उनी दुई वर्षअघि विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । सोहि पत्रिकाले रियल म्याड्रिडले पनि नेयमारमाथि चासो देखाएको बताइएको छ । त्यस्तै युभेन्ट्सले पनि भित्राउन इच्छा देखाएको समाचार प्रकाशित गरेको छ ।
पिएसजी भित्र नेयमारको सम्बन्ध राम्रो नभएका कारण पनि व्यवस्थापन सके सम्म उनको विषयमा छिटो समस्याको समाधान चाहिरहेको छ । पिएसजी पनि नेयमारलाई बार्सिलोना भन्दा युनाइटेड पठाउन चाहेको बताइन्छ ।
तर २७ वर्षे नेयमार अझै पनि बार्सिलोना नै जान चाहेका छन् । सुरुवातमा फिलिपे काउटिन्हो र ओसमाने डेम्बेलेसँग साट्न गरि छलफल अघि बढेको थियो । स्पेन च्याम्पियन अहिले नगदमा नेयमारलाई प्रस्ताव गर्ने अवस्थामा छैन । सन् २०१७ मा पिएसजी पुगेका नेयमारले त्यहाँ ३७ खेलमा ३४ गोल गरेका थिए ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]