6 years ago
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत कुवेतसँग भदौ १९ गते हुनु पर्ने होम म्याच रंगशाला अभावका कारण कुवेतमै खेलाउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्ताव स्वीकार्न नसक्ने भन्दै एन्फाले पत्र प्राप्त गरेको छ ।

अब कुवेतविरुद्ध हुने भदौ १९ को खेल न्यूट्रल भेन्यु अर्थात् तटस्थ मैदानमा खेलाउनु पर्नेछ । दशरथ रंगशाला पूर्ननिर्माणको काम जारी रहेका कारण एन्फाले कुवेतमा खेलाउन प्रस्ताव गरेको थियो । एन्फाले न्युट्रल भेन्यूका विषयमा बुधबार सम्म तय गर्ने बताएको छ ।
विश्वकप छनोटको समूह‘बी’ मा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई छन् । कुवेतपछि भदौ २४ गते चाइनिज ताइपेसँग पनि अब न्यूट्रल भेन्यूमा हुने सम्भावना छ । किनकी त्यो पनि नेपालको होम म्याच हो । यस निर्णयले नेपालले यी राष्ट्रविरुद्ध होम म्याच पछि खेल्ने निर्णयलाई भने प्रभाव पारेको छ । यदि एन्फाको अन्य प्रस्ताव पनि स्वीकार नभएको खण्डमा नेपालले चैत १८ मा अष्ट्रेलियाविरुद्ध मात्र घरेलु मैदानमा खेल्नेछ ।

December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]