6 years ago
August 7, 2019
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई इंग्लिस क्लब टोटेनहम हट्स्परले अनुबन्धन गर्ने औपचारिक प्रयास गरेको छ ।

पछिल्लो दुई सिजन कुनै खेलाडी नभित्र्याएको स्पर्सले यस सिजन भने ट्रान्सफर बजारमा चलायमान देखिएको छ । दुई क्लबबीच झन्डै ६९ मिलियन पाउण्डको ट्रान्सफरका लागि सम्झौता भइसकेको बुझिएको छ । अब स्पर्सले डिबालासँग व्यक्तिगत सम्झौता गर्न बाँकी छ । यसअघि म्यानचेस्टर युनाइटेड र युभेन्टसबीच पनि डिबालाको लागि सम्झौता भएको थियो तर डिबालाले अत्यधिक तलब माग गरेपछि इंग्लिस क्लब पछाडि हटेको थियो ।
फ्रान्सेली मिडफिल्डर तान्गुई एनडोम्बेलेलाई क्लबको इतिहासमा नै सर्वाधिक ५५ मिलियन पाउण्ड खर्चेको स्पर्सले अब अन्तिम समयमा आफ्नो ध्यान डिबालातर्फ मोडेको छ । यसअघि क्लबले अर्जेन्टिनी मिडफिल्डर जिओभानी लो सेल्सोलाई भित्र्याउन खोजेपनि क्रिस्टियन एरिक्सनले क्लब नछाड्ने भएपछि क्लब पछाडी हटेको हो ।

डिबालाले युभेन्ट्समा क्रिस्टियानो रोनाल्डो आएपछि पहिलो रोजाइमा बिरलै अवसर पाएका छन् । नवनियुक्त प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डो र हिगुआइनलाई आफ्नो रोजाइमा राखेपछि उनले झनै खेल्ने समय नपाउने भएका हुन् । युभेन्टसले अझै एक स्ट्राइकरलाई अनुबन्धन गर्न खोजिएरहेको छ ।
पछिल्लो सिजन च्याम्पियन्स लिगको फाइनलमा पराजित स्पर्सले यस सिजन खेलाडी अनुबन्धनमा निकै आक्रामक रुपमा लागेको छ । क्लबले अझै केहि खेलाडी भित्र्याउने सम्भावना रहेको छ । प्रिमियर लिगको शीर्ष ४ मा लगातार पर्न सफल स्पर्सका प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब नछाड्ने बताएसँगै स्टार खेलाडीहरु पनि क्लब नछाड्ने पक्षमा रहेका छन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]