6 years ago
August 7, 2019
एजेन्सी – ला लिगा टोली बार्सिलोनाका प्लेमेकर फिलिप्पे काउटिन्हो लोनमा प्रिमियर लिग टोली टोटेनहम जाने सम्भावना बढेको छ । काउटिन्होलाई लिन प्रिमियर लिगका अन्य क्लब पनि इच्छुक देखिएको समाचारहरुमा उल्लेख गरिएको छ।

तर, ट्रान्सफर विन्डो बन्द हुन केहि घन्टा मात्र बाँकी रहँदा टोटेनहम उनलाई भित्राउन सफल हुन सक्ने देखिएको छ । टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिन्होको प्रशिक्षणमा काउटिन्होले इस्पान्योलमा छ महिना लोनमा बिताएका थिए ।
सन् २०१२ मा इस्पानुयलमा काउटिन्होले १६ खेलमा ५ गोल गरेका थिए । २०१८ को जनवरीमा १ सय ४२ मिलियन पाउन्डमा लिभपुरलबाट काउटिन्होलाई भित्राएको बार्सिलोनाले ८० मिलियन पाउन्डमा किन्ने विकल्पसहित लोनमा पठाउन लागेको समाचारमा उल्लेख छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]