default_image

6 years ago

August 7, 2019

साफ यू १५ का लागि टोलीको घोषणा

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू १५ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ । यू १५ च्याम्पियनसिप भारतको कल्याणीमा भदौ ४ देखि १४ गते सम्म आयोजना हुनेछ ।

सुनिल श्रेष्ठ मुख्य प्रशिक्षक रहेको प्रशिक्षण टोलीमा राजकुमार केसी सहायक र विनोद महर्जन गोलकिपिङ प्रशिक्षक रहेका छन् । प्रशिक्षणका लागि बोलाइएका ५२ खेलाडीबाट घटाउँदै अन्तिम टोलीको छनोट गरिएको थियो ।

मुख्य प्रशिक्षक श्रेष्ठले उपाधि जित्ने सम्भावना रहेका बताएका छन् । यद्दपी उनले मुख्य दाबेदार नै रहेको दाबी गर्न नमिल्ने बताएका छन् । ‘भारत बलियो प्रतिद्धन्द्धि हो । पहिलो खेल उनीहरुविरुद्ध नै छ,’ श्रेष्ठले भने,‘ पहिलो खेल नै महत्वपूर्ण छ । त्यो खेल जित्न सके । फाइनल पुग्ने सम्भावना रहन्छ ।

भारतपछि नेपालले अगस्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशसँग २७ मा प्रतिस्पर्धा गर्ने नेपालले अर्को खेल भुटानविरुद्ध अगस्ट २९ मा खेल्नेछ । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

साफ यू १५ नेपाली टोली

गोलकिपर – इश्वर गुरुङ, मनोज दाहाल, जेनिस केसी

रक्षक – प्रज्ञान महर्जन, अभिषेक वाइवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्ड – जन्म जय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

फरवार्ड – कृसन अधिकारी यादव, कृश सापकोटा, सगुन जिमी, शंशाक बोहोरा

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.