6 years ago
August 7, 2019
एजेन्सी– साउ पाउलोमा डानी अल्भेसको भव्य स्वागत भएको छ । ब्राजिलिन भेट्रान फुल ब्याक सन् २०२२ सम्म नयाँ क्लबमा रहनेछन् । भव्य समारोह अघि उनलाई सयौं समर्थकले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

बार्सिलोना र पेरिस सेन्ट जर्मेनका पूर्व स्टार क्लबको मैदानमा सार्वजनिक हुँदा ४० हजार भन्दा बढी समर्थकहरुको उपस्थिति थियो । डेढ दशक भन्दा लामो समयपछि आल्भेस स्वदेशको फुटबलमा फर्कदा ठूलो खुसी मनाइएको थियो । साउ पाउलोका महान खेलाडी मध्ये ३ जना उक्त समारोहमा उपस्थित थिए ।
क्लबका कप्तान हर्नानेसले समर्थकबीच आल्भेसलाई प्रस्तुत गरे भने ३६ वर्षे स्टारलाई काकाले १० नम्बर जर्सी हस्तान्तरण गरे । त्यस्तै लुइस फाबियानोले उनलाई अर्को जर्सी प्रदर्शनका लागि दिएका थिए । सो अवसरमा कासिमेरो, लुइस स्वारेजको भिडियो सन्देश पनि प्रसारण गरिएको थियो । त्यस्तै लियोनल मेस्सीले पनि पूर्व सहकर्मिका बारेमा बोलेको सन्देश समारोहमा प्रस्तुत गरिएको थियो ।

हालै ब्राजिललाई कोपा अमेरिका उपाधि दिलाउदा टोलीको नेतृत्व गरेको अल्भेसले २०२२ को विश्व कप खेल्ने योजना सुनाए । ‘मरा आफ्नो केहि लक्ष्य छन् । ब्राजिल फर्केपछि मैले आफुलाई पनि प्रमाणित गर्नुपर्नेछ’ , आल्भेसले भने, ‘यहाँका जनताले पनि मबाट पक्कै केहि अपेक्षा राखेका छन् । अबको विश्व कप खेल्ने मेरो प्रयास हुनेछ । त्यसका लागि यो क्लबले मेरो लागि मौका उपलब्ध गराएको छ । ‘
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]