6 years ago
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभिन्न जिल्लाका ११ महिलासहितको एक टोलीले हालै इन्टरनेसल उमन्स फुटबल कल्चर फेस्टिलब डिस्कभर फुटबल २०१९ मा भाग लिएर स्वदेश फर्केको छ ।

जर्मनीको बर्लिनमा भएको कार्यक्रममा नेपाली टोलीको नेतृत्व पूर्व राष्ट्रिय खेलाडी जीवन सिंकेमानले गरेका थिए । जेनेरेसन अमेजिङ नाम रहेको नेपाली टोलीले जुलाई २९ देखि अगस्ट ५ सम्म आयोजना भएको कार्यक्रममा भाग लिएको थियो ।
जेनेरेसन अमेजिङ कार्यक्रमसँग आबद्ध सिंकेमानले फुटबलका माध्यमबाट युवाहरुको सोचमा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरको छन् । समाजको सकारात्मक परिवर्तनका लागि फुटबल सशक्त माध्यम हुने विश्वास गरिएको छ ।

कार्यक्रमले नेतृत्व क्षमताको विकास, सुचना आदान प्रदान, सामूहिक कार्य र लैंगिक समानताका लागि आवाज उठाउन पनि यस्ता कार्यक्रम उपयोगी हुने सिंकेमानको विश्वास छ । जर्मनीको बर्लिनमा रहेको अन्तर्राष्ट्रिय अग्रणी संस्थाले महिलाहरु माथि हुने विभेदको अन्त्यका विरुद्ध आवाज उठाउँदै आएको छ । कुनै पनि कारणले हुने विभेदका विरुद्ध खेलकुद एउटा बलियो माध्यम हुन सक्ने संस्थाको विश्वास छ ।
खुला आव्हानपछि फेस्टिबलका लागि छनोट हुने ६ देश मध्ये नेपाल पनि एक हो । नेपाली टोलीका प्रशिक्षक एवंम् टोली नेता रहेका सिंकेमानले फेस्टिबलमा भाग लिनुका साथ खेलाडीहरुले खेलकुदका माध्यमबाट समाज परिवर्तनका लागि कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने सिक्ने अवसर मिलेको बताएका छन् ।

छात्रा एवंम महिला विकासका लागि फुटबल एउटा महत्वपूर्ण माध्यम हुन सक्ने सिंकेमानको विश्वास छ । नेपाली टोलीमा कैलाली, कास्की, मकवापुर ,भक्तपुर र काठमाडौंका महिला समावेश थिए । उनीहरुको सबै खर्च डिस्कभर फुटबलले बेहोरेको थियो ।
आठ दिन सम्म चलेको फेस्टिबलमा प्रतियोगिता, छलफल, अन्तरक्रिया, कोचेज वर्कसप, गर्ल्स फुटबल क्याम्प, संगित, फिल्म र अनुभव साटासाट कार्यक्रम भएका थिए । सहभागी विभिन्न देशका खेलाडी समावेश गर्दै ८ टोलीले प्रतियोगिता खेलेको थियो । नेपाली खेलाडीलाई दुई टोलीमा विभाजित गरिएको थियो ।

नेपाल र केन्याका खेलाडी सम्मिलित टिम इमा क्लार्क तथा नेपाल र सर्बियाका खेलाडी सम्मितिल माकारेना सान्चेज टोली थिए । सिंकेमानका अनुसार प्रशिक्षकलाई पनि त्यसै गरि विभागजन गरिएको थियो । सिंकेमानले अर्जेन्टिनका प्रशिक्षकसँग मिलेर बोलेभिया र इरानका खेलाडी सम्मिलित फतुमा एडन टोलीलाई प्रशिक्षण दिएका थिए ।
प्रतियोगिता भर १ सय ५० गोल हुँदा नेपाली खेलाडी अनिषा खिचा, इन्दु दुवाल र सुन्तली माया नेगीले गोल गरेका थिए । नेपाली खेलाडी सम्मिलित माकारेना सान्चेजले फेयर प्ले उपाधि जित्यो । त्यस्तै सिंकेमानले प्रशिक्षण दिएको टोली फातुमा एडनले प्रतियोगिताको उपाधि जितेको थियो । नेपाली टोलीमा अधिकांश छात्रा र युवा नेतृ जेरेसेन एमेजिङमा आबद्ध छन् ।

नेपाली टोलीमा अन्तर्राष्ट्रिय फुटबल खेलेको अनुभव इन्दु दुवालसँग मात्रै थियो । उनले नेपाली महिला राष्ट्रिय टोलीबाट नर्वे र चीनमा खेलेका थिए । नेपाली टोलीले जर्मनीका लागि नेपाली राजदुतसँग भेट गरेको थियो । जर्मनीमा रहेको नेपालीले पनि टोलीको हौसला बढाउनेमा भूमिका खेलेका थिए ।
वर्षौ पछि देशका लागि अलग उद्देश्यका साथ खेल्न पाएको इन्दुले खुसी व्यक्ति गरिने । यसअघि पनि यस्ता फेस्टिबलमा भाग लिदा एक्लै रहेको अनुभव सुनाउँदै आशिकाले भनिन्, यसरी समूहमा आउँदा झनै खुसी लागेको छ । खेलकुदका माध्यमबाट समाज परिवर्तन गर्न सकिन्छ भन्ने यो फेस्टिबलबाट सिक्ने सकिनेछ । प्रशिक्षक सिंकेमानले फेस्बिलको अनुभवले धेरै सिक्ने मिलेको बताएका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]