default_image

6 years ago

August 8, 2019

लुइज चेल्सी त्यागेर आर्सनल लागे

103 views

0 Bookmark

एजेन्सी – चेल्सीका ब्राजिलियन डिफेन्डर डेविड लुइजले लन्डन सहरकै अर्को क्लब आर्सनलबाट खेल्ने भएका छन् ।

David Luiz

गत मे महिनामा मात्र चेल्सीसँग नयाँ सम्झौता गरेका लुइजले क्लबलाई आर्सनलको प्रस्ताव स्वीकार गर्न दवाव दिएका थिए । उनलाई अनुबन्ध गर्न आर्सनलले ८ मिलियन पाउण्ड प्रस्ताव गरेको हो । फ्रान्क लाम्पार्डको प्रशिक्षकत्वमा रहेको चेल्सीले प्रस्ताव स्वीकार गरेपछि लुइज आर्सनल जाने भएका हुन् ‌।

केहि दिन अघि मात्र आर्सनलका कप्तान समेत रहेका लौरेन्ट कोसिएल्नी फ्रान्सेली क्लब बोर्डो गएका थिए । डिफेन्डर लुइजको आगमनले आर्सनलको डिफेन्स बलियो हुने‌ अपेक्षा गरिएको छ । आर्सनलले यसअघि फ्रान्सेली क्लब लिलबाट निकोलस पेपेलाई क्लब कीर्तिमानी रकममा अनुबन्ध गरेको थियो । यस्तै रियल म्याड्रिडका मिडफिल्डर ड्यानी सेबालोस पनि आर्सनल आएका छन् ।

सन् २०११ मा चेल्सी आएका लुइजले दुई पटक गरेर चेल्सीमा ६ सिजन बिताए । उनले यसबीचमा पेरिस सेन्ट जर्मेनबाट पनि खेले । ब्राजिलको राष्ट्रिय टोलीमा पछिल्लो समय नअटेका लुइज चेल्सीको पहिलो रोजाइमा पर्न पनि संघर्षरत रहेका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.