6 years ago
August 8, 2019
एजेन्सी – बेल्जियन तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकु कीर्तिमानी मुल्यमा इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् ।

इन्टर मिलानले क्लबको कीर्तिमानी ७३ मिलियन पाउन्डमा बिहीबार लुकाकुलाई ५ वर्षका लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । क्लबले एकै खेलाडीका लागि खर्चिएको यो सबैभन्दा मोटो रकम हो । यसअघि क्लबले १९९९ मा लाजियोबाट क्रिस्टियन भिएरीलाई अुनबन्ध गर्दा ४९ मिलियन पाउन्ड खर्चेको थियो ।
युभेन्टस र चेल्सीका पुर्व प्रशिक्षक समेत रहेका एन्टेनियो कोन्टेले आफ्नो रोजाइका फरवार्ड लुकाकुलाई क्लबमा अनुबन्ध गर्न सफल भएका हुन् । लुकाकुले दुई सिजन म्यानचेस्टर युनाइटेडमा बिताएका थिए । २६ वर्षीय लुकाकु २०१७ मा इंग्लिस क्लब एभर्टनबाट ७५ मिलियन पाउन्डमा युनाइटेड पुगेका थिए । सन् २०१७ मा कोन्टेले लुकाकुलाई चेल्सीमा ल्याउने प्रयास थालेपनि सफल भएका थिएनन् ।
लुकालुले जोजे मौरिन्होको प्रशिक्षणमा १८ महिना पहिलो रोजाईमा खेल्ने मौका पाएको थिए । लुकाकुले युनाइटेडमा पहिलो सिजन १६ गोल गरेका थिए । पछि ओले गनर सोल्सजर युनाइटेडको प्रशिक्षक बनेपछि उनले कम मात्रै मौका पाए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]