6 years ago
August 9, 2019
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले लामो समयदेखि पछ्याइरहेको अर्जेन्टिनी मिडफिल्डर जिओभानी लो सेल्सोलाई स्पेनिस क्लब रियल बेटिसबाट अनुबन्ध गरेको छ ।

प्रशिक्षक माउरिसियो पोचेटिनोले पहिलो रोजाईका रुपमा लिएका मिडफिल्डर लो सेल्सो पहिलो वर्ष भने लोनमा टोटेनहम आएका हुन् । क्लबले उनलाई अर्को सिजन ५५ मिलियन पाउण्ड तिरेर स्थायी रुपमा अनुबन्ध गर्न पाउनेछ । २३ वर्षीय मिडफिल्डर गत सिजन मात्र पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बेटिस पुगेका थिए ।
अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि १९ खेल खेलिसकेका सेल्सोले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ४५ खेल खेल्दै १६ गोल गरेपछि टोटेनहमको नजरमा पर्न सफल भए । उनी कोपा अमेरिका २०१९ मा पनि अर्जेन्टिनाको टोलीमा रहेका थिए । उनले प्रतियोगिताको ६ खेलमा नै सहभागिता जनाएका थिए । त्यसक्रममा उनले १ गोल र १ असिस्ट प्रदान गरेका थिए ।

टोटेनहमले ट्रान्सफरको अन्तिम दिन इंग्ल्यान्डको यू-२१ टोलीका डिफेन्डर रायन सेस्सेन्गनलाई पनि अनुबन्ध गरेको छ । फुलहमबाट २५ मिलियन पाउण्डमा अनुबन्ध भएका १९ वर्षीय रायन टोटेनहम आउँदा स्पर्सका मिडफिल्डर जोस ओनोमाह भने फुलहम गएका छन् । टोटेनहमले यसअघि क्लब कीर्तिमान ६३ मिलियन पाउण्डमा लियोनबाट मिडफिल्डर तान्गुई एनडोम्बेलेलाई अनुबन्ध गरेको थियो । युवा विंगर ज्याक क्लार्क भने लिड्सबाट स्पर्स आएपनि यस सिजन त्यसै क्लबमा लोनमा फर्केका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]