6 years ago
August 9, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यदि नेयमारलाई गुमायो भने त्यो लिग १ कै लागि ठूलो घाटा हुने लियोनका अध्यक्ष जिन मिचेल औलसले बताएका छन् । त्यसले लिग १ च्याम्पियन पिएसजीले आफ्ना सुपर स्टारलाई राख्नका लागि हर सम्भव प्रयास गर्नुपर्ने उनले बताएका छन् ।

नेयमारले पिएसजी छाड्न सक्ने चर्चा अझै सेलाएको छैन । उनी पुरानै क्लब बार्सिलोना फर्कने अड्कलबाजी यथावत छ । समय समयमा नेयमार बार्सिलोना फर्कने चर्चा भएपनि अहिले सम्म कुनै सम्झौता भने भएको छैन । यद्दपी उनले क्लब छाडेर जान सक्ने सम्भवाना भने कसैले नकारेको छैनन् ।
औलसले नेयमारलाई गुमाउनु भएको लिग १ लागि नै असर पर्न सक्ने तर्क गरेका छन् । उनी फ्रान्समा खेलिरहेकै कारण टिभि राइट्समा विक्रिका लागि ठूलो मद्दत पुगेको छ ।
‘नेयमारका कारण पनि टिभि राइट्स मंहगो भएको छ । यदि उनले छाड्ने अवस्था आयो भने त्यो लिग १ का लागि दुःखद हुनेछ,’ लियोनका अध्यक्षले भने, ‘उनी बार्सिलोनाबाट ठूलो रकममा पिएसजी गएका हुन् । मेरो विचारमा उनलाई राख्नाका लागि क्लबले प्रयास गर्नुपर्दछ । ‘
लियोन आफै भने यति बेला कमजोर अवस्थामा रहेको छ । यो समरमा उनी आफ्नो केहि खेलाडी बेचेको छ । औलसले भने भविष्यमा पिएसजीलाई चुनौती दिने गरि तयारी गर्ने बताएका छन् ।
‘ आउने केहि वर्षमा हामी पिएसजीसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछौं । हामी लगानी जारी राख्नेछौं । पिएसजीको नजिक पुग्नु हाम्रो लक्ष्य हो,’ उनले भने, ‘तर पहिलो वर्ष हाम्रो लागि त्यो कठिन छ । हामीले धर्यता राख्नुपर्दछ । यो योजना ३ देखि ५ वर्षको हुनेछ । दुई क्लबबीचको मुख्य फरक भनेको लगानी नै हो ।’
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]