6 years ago
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल अन्तरगतको एसिया क्षेत्रको छनोटको दोस्रो चरण तथा चीनमा २०२३ मा आयोजना हुने एसियन कपको छनोट खेलमा नेपालले पहिलो खेल कुवेतमै खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपालले पहिलो खेल कुवेतमा कुवेतसँगैै खेल्ने पक्का भएको जानकारी गराएको छ ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला निर्माण सम्पन्न नभएसँगै नेपालले दोस्रो चरणमा खेल्ने कुवेत, चाइनिज ताइपेइ र जोर्डनसमक्ष अनुरोध गरेको थियो । कुवेतबाहेक चाइनिज ताइपेइले सुरुमै अवे खेलको लागि एन्फाको अनुरोध स्वीकारेपनि कुवेतले इन्कार गरिरहेको थियो । तर, शुक्रबार बिहान कुवेतले एन्फाको अनुरोधलाई स्वीकारेको हो ।
कुवेतले एन्फाको प्रस्ताव स्वीकारेसँगै नेपालले चार वटा खेल घरेलु मैदानमै खेल्ने लगभग पक्का भएको छ ।
नेपाल र कुवेतबीचको खेल ५ सेप्टेम्वरमा कुवेतमा हुनेछ । अस्ट्रेलियासँगको खेल भने फिफा र एएफसीले सार्वजनिक गरेको तालिकामै नै हुनेछ ।
सुरुवाती तीनै खेल नेपालले अवे खेल्ने भएपछि एन्फाले नोभम्वर १९ मा घरेलु मैदानमा कुवेतसँगको खेलको लागि रंगशाला तयार पारिसक्नु पर्नेछ ।
त्यसका लागि एन्फाले राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयलाई रंगशाला निर्माण छिटो तयार पार्न अनुरोध गरेको छ । रंगशाला तयार नभए नेपालले हाम म्याच न्युट्रल भेन्युमा खेल्नुपर्नेछ । एन्फाका केन्द्रिय सदस्य तथा प्रवक्ता किरण राईले नेपालको घरेलु खेल घरेलु भुमिमै खेलाउनको लागि रंगशाला तयार भइसक्ने र काठमाडौंमै हुने बताएका छन् ।
तीन राष्ट्रसँगको नयाँ खेल तालिका
कुवेतविरुद्ध नेपाल (सेप्टेम्वर ५, २०१९)
चाइनिज ताइपेइविरुद्ध नेपाल (सेप्टेम्वर १०, २०१९)
जोर्डनविरुद्ध नेपाल (अक्टोवर १५ २०१९)
नेपाल विरुद्ध कुवेत (नोभेम्वर १९, २०१९)
नेपालविरुद्ध चाइनिज ताइेपेइ (मार्च २६, २०२०)
नेपालविरुद्ध जोर्डन (जुन ४, २०२०)
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]