default_image

6 years ago

August 9, 2019

मेस्सीको गोल युरोपमा सिजनकै उत्कृष्ट

164 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले गएको सिजन च्याम्पियन्स लिग उपाधि जित्न नसकेपनि टोलीका कप्तान कप्तान लियोनल मेस्सी युइएफए डट कम गोल अफ दि सिजन जित्न सफल भएका छन् ।

लिभरपुलविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा मेस्सीले गरको गोल सिजनकै उत्कृष्ट बन्न सफल भयो । त्यो पहिलो लेगमा मेस्सीको बार्सिलोना ३–० ले विजयी भएको थियो । तर दोस्रो लेगमा नतिजा उल्टाउँदै अघि बढेको लिभरपुलले अन्ततः च्याम्प्यिन्स लिग उपाधि जितेको थियो ।

बार्सिलोनाका लागि त्यो खेलमा मेस्सीको त्यो दोस्रो र क्लबका लागि ६ सयौं गोल थियो । मेस्सीले सिजनको उत्कृष्ट गोलको अवार्ड जितेको यो तेस्रो पटक हो । गत सिजन रोनाल्डोले उक्त अवार्ड जितेका थिए ।

यसपटक मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् । युभेन्ट्सका रोनाल्डोले म्यानचेस्टर युनाइटेडविरुद्ध समूह चरणमा भलीमार्फत गरेको गोल दोस्रो स्थानमा रह्यो । सर्बियाविरुद्ध युरोपियन छनोटमा पोर्चुगलका डानिलोले गरेको गोल सिजनको तेस्रो उत्कृष्ट गोल रह्यो ।

युइएफअन्तर्गत क्लब र अन्तर्राष्ट्रिय खेलका गोललाई मात्र उत्कृष्ट गोलमा मनोनयनमा पारिएको थियो । युईएफएको प्राविधिक टोली, पूर्व अन्तर्राष्ट्रिय खेलाडी र युईएफएका विशेषज्ञले अन्तिम १० उत्कृष्ट छनोट गरेको युइएफएको वेबसाइटमा उल्लेख छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.